नियम ८
राख र खरीद गर्न पाउने खरखजानाको परिमाण
(१) यस नियमावली बमोजिम हातहतियार राख इजाजतपत्र प्राप्त व्यक्तिले देहायको हातहतियारको लागि एक पटकमा राख पाउने र प्रत्येक वर्ष विदेशबाट झिकाउन वा खरीद गर्न पाउने खरखजाना परिमाण देहाय बमोजिम हुनेछ:-
खरखजानाको परिमाण प्रत्येक वर्ष विदेशबाट हातहतियारको किसिम जम्मा राख पाउने खरखजाना झिकाउन वा खरीद गर्न पाउने
(क) १२, १६, २०, ४१०
बोरको बन्दुक (शर्टगन) को टोटा दुईसयसम्म एकसयसम्म (ख) २२ बोराको राइफलको शर्टगोली दुईसयसम्म दुईसयसम्म (ग) भरुवा बन्दुको १. केप दुईसय १. केप एकसय २. बारुद दुई के.जी २. बारुद एक के.जी ३. सर्ट शिसाको गोली ३. सर्ट शिसाको गोली दुई केजी एक केजी (घ) हावादारी बन्दुकको दुई हजार दुई हजार
(ङ) टोटा भर्ने मेशिन एक एक १, केप एक सय एक सय
२, बारुद एक के. जी. एक के. जी.
३. सर्ट एक के. जी. एक के. जी.
(च) हावादारी बन्दुकको पिलेट बनाउने मेशिन पिलेट एक एक एक के.जी. एक के.जी.तर
(१) कुटनैतिक सुविधा प्राप्त व्यक्तिले यस उपनियममा उल्लेखित खरखजानाको परिमाणमा दोब्बरसम्म राख वा खरिद गर्न पाउनेछ।
(२) नियम ३ को उपनियम (१) बमोजिम इजाजतपत्र लिनु पर्ने हातहतियार बाहेक अन्य हातहतियारको इजाजपत्र प्राप्त व्यक्तिले साविक इजाजतपत्रमा तोकिए बमोजिमको खरखजाना राख वा खरिद गर्न पाउनेछ।
(२) उपनियम (१) मा तोकिएको हदमा नबढाई हातहतियार राख्ने इजाजतपत्र (लाइसेन्स) दिंदा सो इजाजतपत्र (लाइसेन्स दिने अधिकारीले इजाजतपत्र (लाइसेन्स) मा नै जम्मा राख्न वा प्रत्येक वर्ष खरिद गर्न वा विदेशबाट झिकाउन पाउने खरखजानाको हद तोकी दिनेछ। त्यसरी हद तोक्दा इजातपत्र (लाइसेन्स) वालाको आवश्यकता र स्थिति समेत हेरी इजाजतपत्र (लाइसेन्स) दिने अधिकारीले तोकी दिन सक्नेछ।
(३) उपनियम (१) र (२) मा जुनसुकै लेखिएको भए तापनि राइफल क्लवहरुका लागि र खास परिस्थियमा कुनै इजाजतपत्रवालाका लागि बढी खरखजाना राख वा खरीद गर्न, झिकाउन दिन उपयुक्त देखेमा नेपाल सरकारले विशेष रुपले अनुमति दिन सक्नेछ।
(४) उपनियम (१), (२), (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि विदेशबाट खरखजाना झिकाउन अनुमति दिंदा त्यस्तो अनुमति दिने वा दिलाउने अधिकारीले आवश्यक सम्झैमा त्यस्तो इजाजतपत्र (लाइसेन्स) वालासँग हाल रहेको स्टक पहिले खरीद गरेको वा झिकाएकोमा खर्च भएको विवरण लिन सक्नेछ।